आज यी नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आग्रह
नेपालखोज
२०७९ जेठ ३१ गते ९:५७

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ७ जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ ।
विभागका अनुसार आज इलाम, झापा, स्याङजा, तनहुँ, कास्की, लमजुङ, गोरखा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक वहावसमेत हुने पूर्वानुमान गरेकाे छ ।
विभागले स-साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन समेत अपिल गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया