मंगलबार, असार १७, २०८२

भारतमा ६५ सय नयाँ संक्रमित

नेपालखोज २०७९ जेठ ३१ गते १२:३३

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ संक्रमित भएका हुन् ।

यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो दिन सोमबार सार्वजनिक गरेको विवरणमा आठ हजार ८४ जना नयाँ संक्रमित भएको देखिएको थियो ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ५० हजार ५४८ रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा चार हजार ३५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड २६ लाख ६१ हजार ३७० पुगेको छ ।-रासस

प्रतिक्रिया