सोमबार, वैशाख २९, २०८२

सुपर लिग फुटबल : आयोजकले पायो एन्फाको स्वीकृति

नेपालखोज २०७९ जेठ ३१ गते १४:०७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ । एन्फाले नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो । प्रतियोगिता भदौ २५ गतेदेखि कार्तिक ५ गते आयोजना गर्न एन्फाले भनेको छ ।

तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्म लिग गर्न निर्देशन दिइएको एन्फाको स्वीकृति पत्रमा उल्लेख छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट र एन्फाबीच विवाद हुँदै आएपछि सुपर लिग हुन सकेको थिएन । गत चैतमा हुने भनिएको टाइसिट ड्र विवादकै कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया