करको दरमा भएको हेरफेर कार्यसूचीबाट हटाउन एमाले सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको विषयमा यति गम्भीर प्रश्न उठिसकेकाले कार्यसूचीमा रहेको अर्थमन्त्रालयको छलफलको कार्यसूची हटाउन आग्रह गरे ।
उनले भने, ‘यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइयोस, । फेरि हामी एमालेका तर्फबाट उनका अर्थमन्त्रीका जवाफहरु सुन्न र उनको यो विषयमा छलफल गर्न बिल्कुलै तयार छैनौं, आजको कार्यसूचीबाट यो हटाइयोस्,। त्यसपछि मात्रै हामी अरु मन्त्रालयसँग सम्बन्धित कुरामा छलफलमा सहभागी हुन्छौं ।’
प्रतिपक्ष दलका सांसदको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफूले सांसदहरुले उठाएको विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जानकारी गराउँदै बैठक सञ्चालन गरेका थिए ।

प्रतिक्रिया