१२ जनामा कोरोना, १६ जना डिस्चार्ज
नेपालखोज
२०७९ जेठ ३१ गते १६:४५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ४७३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै ८६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ९३ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १२ जना कोरोना भाइरस संक्रमण मुक्त भई १६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार २३३ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।
सम्बन्धित
प्रतिक्रिया