शिक्षामन्त्री पौडेल भने- बालविकास शिक्षकको तबल वृद्धि भएको छ

नेपालखोज २०७९ जेठ ३१ गते १७:०३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकाश शिक्षकको तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ०७८–०७९ मा संघीय सरकारले दिँदै आएको आठ हजारमा दुई हजार थप गरी १० हजार तलब बनाइएको बताए ।

उनले भने, ‘चालु आर्थिक वर्ष ०७८–०७९ मा संघीय सरकारबाट आठ हजार र स्थानीय तहबाट सात हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो । बाल विकास शिक्षकको हकमा संघीय सरकारबाट दुई हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’

प्रतिक्रिया