आइतबार, वैशाख २८, २०८२

आईसीसीद्वारा क्यानमाथिको प्रतिवन्ध पूर्णरुपमा फुकुवा

नेपालखोज २०७९ जेठ ३१ गते १९:०८

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथिको प्रतिवन्ध पूर्णरुपमा फुकुवा गरेको छ ।

विगतमा क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता कायम नभएको भन्दै २०७३ वैशाखमा आईसीसीले प्रतिवन्ध लगाएको थियो ।

२०७६ असोजमा नयाँ कार्यसमिति आएलगत्तै आईसीसीले आंशिक प्रतिवन्ध फुकुवा गर्दै केही सर्तहरु राखेको थियो । ती सर्तहरु पूरा भएपछि आईसीसीले जेठ ३० गते पत्र पठाउँदै निलम्बन पूर्णरुपमा फुकुवा गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया