सोमबार, पुष ७, २०८२

शिखर शुजकाे नयाँ मोडलका स्पोर्टस जुत्ता बजारमा

नेपालखोज २०७९ जेठ ३१ गते १९:४५

काठमाडौं, शिखर शुज इन्ड्रष्ट्रिज प्रालीले नयाँ मोडेलका स्पोर्टस शुज बजारमा ल्याएको छ । कोरोना महामारीका कारण विगतमा बजार सुस्ताएको थियो भने पछिल्लो समय दैनिक जनजीवन धेरै मात्रामा सहज भएपछि प्रालीले एकै पटक ४०/५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।

अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुजहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ ।

विगत २५ वर्षदेखि यस इन्ड्रष्ट्रिजद्वारा उत्पादन गरी बजारमा बिक्री वितरण गदै आइरहेको विभिन्न मोडलका जुत्ता तथा चप्पलहरु आम नेपाली ग्राहकहरु माझमा ल्याई देशवासी सबैको मनमा बस्न सफल शिखर शुजका उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।

शिखर शुजका स्पोर्टस शुजहरु सम्पुर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मुल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

विगत लामो समयदेखि विभिन्न किसिमका स्कुल शुज, कलेज शुज, पार्टीका साथै लेडिज शुज उत्पादन गर्दै आएको नेपालको नं १ फुटवेयर ब्राण्ड शिखर शुजले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राखि ४०/५० भन्दा बढी मोडलका स्पोर्ट शुज बजारमा ल्याएको छ ।

प्रतिक्रिया