ओमान नेपालसँग ७ विकेटले पराजित

नेपालखोज २०७९ असार १ गते ६:४५

काठमाडाैं । अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग ‘टु’ श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा ओमान नेपालसँग ७ विकेटले पराजित भएकाे छ । ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी शतकीय साझेदारीका कारण नेपालले ओमानविरुद्ध सात विकेटको जित हासिल गरेकाे हाे ।

जारी सिरिजमा तीन खेल खेलेको नेपालले एक जित र एक खेलमा हार ब्यहोर्दा एक खेल टाई भएको छ । अब नेपालले अमेरिकासँग खेल्नेछ । 

यो जितपछि नेपालको १५ खेलमा १५ अंक भएको छ । शिर्ष स्थानमा रहेको ओमानको ३६ खेलमा ४४ अंक छ । 

प्रतिक्रिया