विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्य आज पनि

नेपालखोज २०७९ असार १ गते ७:०६

Warning: Array to string conversion in /home/nepalkh/public_html/wp-includes/formatting.php on line 1128

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ । आजकाे बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्य जारी रहने छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९, आर्थिक विधेयक २०७९, आर्थिक विधेयक, २०७९ माथि दफावार छलफलको लागि दिन तोकिने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जवनाएको छ । 

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, शहरी विकास मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अर्थ मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, ऊर्जामन्त्री, जलस्रोत तथा सिंचाई मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री, गृह मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ । 

यसैगरी, सांसद प्रेम सुवाद, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया