आजदेखि कार्यालय पुरानै समयमा

नेपालखोज २०७९ असार १ गते ६:५६

काठमाडौं । सरकारले आजदेखि कार्यालय समय पुरानै निर्धारण गरेको छ । दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज भएसँगै  कार्यालय पुरानै समयमा फर्किएकाे हाे ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले परीक्षणको रुपमा लागू गरिएको सातामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो । आइतबारको बिदा खारेजसँगै गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको छ ।

प्रतिक्रिया