सुनकाे मूल्य घट्याे, चाँदीकाे स्थिर
नेपालखोज
२०७९ असार १ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ, भने चाँदीकाे स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ६ सयले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार पनि ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ६ सयले घटेको छ ।आज तेजाबी सुन ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेकाे छ । आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार पनि चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया