घोप्टेभिरमा पहिरो : पृथ्वी राजमार्ग अवरुद्ध
नेपालखोज
२०७९ असार १ गते १४:४९

मुग्लिन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हैँदै आएको छ ।-रासस
सम्बन्धित

प्रतिक्रिया