शुक्रबार, वैशाख ७, २०८१

कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाख बजेट (पूर्ण पाठसहित)

नेपालखोज २०७९ असार १ गते १८:२१

कर्णाली । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७९/०८० को लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको तेह्रौँ बैठकमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो ।

हेर्नुहाेस् पूर्णपाठ

प्रतिक्रिया