दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

नेपालखोज २०७९ असार १ गते २१:०९

काठमाडौं । दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका संचालक कार्कीले दुबई (युएई) मा जानको लागि ७ लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट ७ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।

प्रतिक्रिया