तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागकाे अनुराेध

नेपालखोज २०७९ असार २ गते ६:०५

काठमाडाैं । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले प्रदेश १,मधेश प्रदेशमा सामान्य बदली, वाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

त्यस्तै, आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यसैगरी, आज राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १,  मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ भने प्रदेश १,  मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया