आइसीसी लिग ‘टु’ : नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले हारका साथ प्रतियोगिता टुंग्याएको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएसँगै प्रतियोगिता टुंग्याएको हाे ।
ह्युस्टन स्थित मौसा क्रिकेट मैदानमा सट हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । नेपालले अमेरिकालाई सुरुवातमा दबाब दिएपनि बिचमा सम्हालिएको थियो ।
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ ।
सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल बराबरी भएको थियो । लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ । नेपालले १६ खेलमा १५ अंक जोडेको छ । अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रतिक्रिया