जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिँदै एमाले

नेपालखोज २०७९ असार २ गते ८:०१

काठमाडाैं । नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेद्वार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

आज र भोलि पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागिएको जनाइएकाे छ । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आज ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन् । स्थानीय तहमा निर्वाचित भएका पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो ।

एमाले अध्यक्ष ओलीसहितका नेताहरुले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेले २०५ पालिका प्रमुख/अध्यक्ष र २४० पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको थियो। 

प्रतिक्रिया