सोमबार, मंसिर २९, २०८२

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, नेपाली मुद्रा झनै कमजोर हुँदै

नेपालखोज २०७९ असार २ गते ९:४९

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको बैंकले उल्लेख गरेकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया