शनिबार, जेठ ५, २०८१

१२ अंकले नेप्से बढ्दा १ अर्ब १८ करोडको कारोबार

नेपालखोज २०७९ असार २ गते १५:३७

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन २९ अंकले घटेको नेप्से आज (बिहीबार) भने १२ दशमलव ५७ अंकले बढेर १९ सय ७८ दशमलव ९४ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले बढेर तीन सय ८२ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय २१ कम्पनीको २५ हजार पाँच सय ८५ पटकको कारोबारमा ३५ लाख ९४ हजार पाँच सय ९४ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसकारण कुल कारोबार रकम १ अर्ब १८ करोड ७१ लाख ४५ हजार पाँच सय १९ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा आज दुई समूहको सूचक घटेर बाँकी ११ समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ७२ अंकले बढेर १३ सय ७३ दशमलव ५५ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक २३ दशमलव ३८ अंकले बढेर तीन हजार चार सय नौ दशमलव ६६ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक आठ दशमलव ५२ अंकले बढेर २२ सय ९२ दशमलव ५५ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक ३४ अंकले बढेर आठ हजार ६५ दशमलव ८३ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

जीवन बिमा समूहको सूचक भने चार दशमलव ११ अंकले घटेर नौ हजार दुई सय ६० दशमलव ५० अंकमा झर्दा लगानी समूहको सूचक पनि शून्य दशमलव शून्य ६ अंकले घटेको छ ।

नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ४२ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ८० प्रतिशतले घटेर चार सय पाँच रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ८८ लाख ९७ हजार एक सय ५१ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया