आइतबार, वैशाख २३, २०८१

चार दलको बैठक बालुवाटारमा जारी

नेपालखोज २०७९ फागुन १२ गते ९:२७

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एस र जसपासहित बैठक बालुवाटारमा सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेतृत्वबीच बैठक सुरु भएको हो ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको छ ।

सो बैठकमा कांग्रेस नेता गगन थापा र माओवादी नेता तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

प्रतिक्रिया