एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभाका यस्तो भयो निर्णय !

नेपालखोज २०७९ असार २ गते १६:०२

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आज (बिहीबार) काठमाडौंमा विशेष साधारणसभा भएको हो ।

सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि.बीच आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मूल्यांकन दायित्य (डीडीए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति तथा सेयर आदान-प्रदान अनुपातलगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

सभाले मर्जरपछि बन्ने संस्थाको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ रहने प्रस्तावसमेत सर्वसम्मत पारित गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया