आईओसीले पठायाे इन्धनकाे नयाँ मूल्य, पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढेर आयाे

नेपालखोज २०७९ असार २ गते १९:२२

काठमाडाैं । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ ।नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नाै रुपैयाँ २८ पैसा पुगेको निगमले विज्ञप्तिमा जनाएकाे छ । यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

प्रतिक्रिया