मंगलबार, असार १७, २०८२

मंकीपक्सको आशंकामा एक बिरामीको टेकु उपचार हुँदै

नेपालखोज २०७९ असार २ गते २०:३६

काठमाडाैं । नेपालमा एक जनालाई मंकीपक्सको आशंका गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशंका गरिएको छ । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा. मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशंकामा टेकु अस्पतालमा पठाएको थियो । उनका अनुसार ती बिरामीलई मंकीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको बताए ।

‘हामीले आइसोलेट गरेर ती व्यक्तिलाई उपचार गराइरहेका छौँ’, उनले भने, ‘रिपोर्ट आएपछि मङ्कीपक्स हो होइन थाहा हुन्छ ।’ बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए ।

प्रतिक्रिया