भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागकाे अनुराेध

नेपालखोज २०७९ असार ३ गते ६:३३

काठमाडौं । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व/पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेकोछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

त्यस्तै, आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ । साथै प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने प्रदेश १ र मधेस प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया