आइतबार, वैशाख २८, २०८२

श्रीलंकासँग अष्ट्रेलिया पराजित

नेपालखोज २०७९ असार ३ गते ७:००

काठमाडाैं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ । बिहीबार राति श्रीलंकामा भएको खेलश्रीलंकाले अष्ट्रेलियालाई  डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको हाे ।

पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सवै विकेट गुमाउँदै १८९ रनमा समेटिन पुग्यो ।  

यसअघि वर्षाले प्रभावित खेलमा पहिले टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पार्यो । श्रीलंकाका कुशल मेन्डिसले सर्वाधि ३६ रन जोडे । यस्तै, कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४ रन जोडे । अष्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक ४  विकेट लिए । 

प्रतिक्रिया