आइतबार, वैशाख २८, २०८२

एसीसी महिला टी–ट्वान्टी : नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

नेपालखोज २०७९ असार ३ गते ८:३०

काठमाडाैं । नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।शुक्रबारदेखि मलेसियामा सुरु हुने प्रतियोगितामा एसियाका १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह बी मा रहेको नेपाल कमजोर भुटानमाथि सानदार जितका साथ विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । 

समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष २/२ टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

प्रतिक्रिया