अन्तिम कारोबार दिन घटेर रोकियो नेप्से, ७ अंकले घट्दा ७३ करोड ६२ लाखको कारोबार
Warning: Array to string conversion in /home/nepalkh/public_html/wp-includes/formatting.php on line 1128

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने सात दशमलव ५७ अंकले घटेर १९ सय ७१ दशमलव ३६ अंकमका पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६९ अंकले घटेर तीन सय ८१ दशमलव १४ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय २० कम्पनीको १५ हजार एक सय ६२ पटकको कारोबारमा २३ लाख ५४ हजार नौ सय ११ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम ७३ करोड ६२ लाख ३५ हजार दुई सय ९८ रुपैयाँ पुगेको छ ।
आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव आठ अंकले घटेर १३ सय ६९ दशमलव १३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक १४ दशमलव २१ अंकले घटेर तीन हजार तीन सय ९४ दशमलव ८७ अंकमा कायम रहेको छ ।
जलविद्युत् समूहको सूचक १८ दशमलव ६९ अंकले घटेर २२ सय ७३ दशमलव ८६ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक १८ दशमलव ५८ अंकले घटेर आठ हजार ४७ दशमलव २५ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि चार दशमलव नौ अंकले घटेर नौ हजार दुई सय ६५ दशमलव ६० अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता पाँच सय ९६ रुपैयाँ ७० पैसामा कारोबार हुँदा रिभर फल्स पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९३ प्रतिशतले घटेर दुई सय ७३ रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता आठ सय ९० रुपैयाँ अन्तिम मूल्यमा १० करोड १४ लाख ७० हजार आठ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अबदेखि सातामा ६ दिन सेयर कारोबार
यसैबीच नेपाल स्टक एक्सचेन्ज लिमिटेडले यही असार १ गतेबाट धितोपत्रको दोस्रो बजार कारोबार साताको ६ दिन नै हुने जानकारी दिएको छ । सोअनुसार आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबारको हकमा भने ११ बजेदेखि अपराह्न १ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया