समृद्धि फाइनान्समा पैसा राखे ७२ महिनामै दोब्बर

नेपालखोज २०७९ असार ३ गते १४:५९

काठमाडौं । समृद्धि फाइनान्सले मुद्दती निक्षेपको योजनाअन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।

समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन न्यूनतम ५० हजार रुपैयाँदेखि नै खाता खोल्न सकिने व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच शाखाबाट सेवा प्रवाह गर्दै आएको र सन्जाल विस्तार गर्दै चाँडै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया