प्रहरीद्वारा हनी ट्रयापमा संलग्न दुई युवतीसहित छजना पक्राउ

नेपालखोज २०७९ असार ३ गते १८:२८

काठमाडौं । प्रहरीले अपरेशन हनी ट्रयाप सञ्चालन गरी दुई युवती सहित छ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बिहिबार उक्त कार्यमा संलग्न रहेको आधारमका भक्तपुरको शुर्यबिनायक नगरपालिका वडा नं ९ घर भई हाल काठमाडौंको पेप्सिकोला बस्ने १९ वर्षिया निकिता केसी, काभ्रेको ढुसेनी घर भई हाल कोटेश्वर बस्ने १८ बर्षिया मनिशा परियार, खोटाङको हलेसी घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने ३२ बर्षिय डिक बहादुर शर्मा रहेका छन् ।

त्यस्तै, सुनसरीको इटहरी घर भई हाल काठमाडौंको चक्रपथ बस्ने ३० वर्षिय सञ्जिव दर्जी, दोलखाको मैलुङ घर भई हाल ललितपुरको नख्खिपोट बस्ने २५ बर्षिय मिलन लामा र दोलखा कै मैलुङ घर भई हाल ललितपुरको नख्खिपोट बस्ने ३० बर्षिय पासाङ लामालाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार उपत्यकाका विभिन्न स्थानहरुमा आपराधिक लाभ लिने उद्धेश्यले योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक सञ्जाल मार्फत परिचालन गरी सम्पर्क बनाई केही पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दवाब मुलक ढंगले डर, त्रास र धम्की देखाई ब्याल्कमेल गरी रकम असुल गरेको घटनाको सम्वन्धमा अनुसन्धान गरिएको थियो ।

सोही अनुसन्धानको क्रममा खटिएको विशेष टोलीले यही असार दुई गते निमा लामा सहित छ जनालालाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी आपराधिक लाभ मुद्धामा अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौ पठाईको र सो सम्क्वन्धमा थप अनुसन्धान जारी रहेको कार्यालयले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त समुहले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने, पीडित व्यक्तिहरु उपर निगरानी राखी निजको घर ठेगाना, कार्यालय तथा सवारी साधन लगायतका सम्पूर्ण विवरण प्राप्त गरी डायरीमा रेर्कड राख्ने, प्रत्यक्ष भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै डर, त्रास र धम्की दिएर व्याल्कमेल गरी ठुलो रकम माग गर्ने, दवाबमुलकरुपमा रकम दिनलाई बाध्य गराउनको लागि केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरी मोलमलाई गरी मानसिक हैरानी दिने गरेको देखिएको छ ।

उनीहरुको साथबाट मोवाईल गाडी, नगद रकम लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया