प्रदेश १, मधेस र वाग्मतीका थोरै स्थानमा वर्षा, सतर्कता अपनाउन चेतावनी !

काठमाडौं । प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णत: बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले प्रदेश १, मधेस, वाग्मतीका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
हाल देशको प्रदेश १, मधेस, वाग्मती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
आज (शनिबार) दिउँसो प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकीमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
यस्तै राति प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक रहनेछ । प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको पनि महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ । साथै महाशाखाले वर्षा नभएका क्षेत्रमा तापक्रम वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।








प्रतिक्रिया