सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध
नेपालखोज
२०७९ असार ४ गते १२:१८

चितवन । सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् । सडक अवरुद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् । इच्छाकामना गाउँपालिका ६, चारकिलोमा विहान ११:३५ बजे पहिरो खसेको हो ।
पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
सम्बन्धित








प्रतिक्रिया