ई-सेवाको ‘५५ मिनेटको धमाका अफर’, बैंक एकाउन्ट लिंक गरे ५५ रुपैयाँ क्यास ब्याक

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत असार ५ गते आइतबार बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइनेछ ।
आइतबार साँझ ५:५ बजेदेखि साँझ ५:५५ सम्म एकाउन्ट लिंकमार्फत कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ । ई-सेवाले आम ग्राहकले घरमै बसेर कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ ।
ई-सेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आईओस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । ई-सेवामा हाल ५२ बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।








प्रतिक्रिया