अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
नेपालखोज
२०७९ असार ४ गते १८:२४

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । आज बिहान ११ः३५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो पन्छाएर अहिले साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । रासस
सम्बन्धित








प्रतिक्रिया