सोमबार, पुष ७, २०८२

नागरिकता र लगानी सम्बन्धि माग पूरा गर्न गैरआवासीय नेपाली संघकाे अनुराेध

नेपालखोज २०७९ असार ४ गते २०:२५

काठमाडौं, । गैरआवासीय नेपाली संघका अभियन्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानी सम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालीमा गैरआवासीय नेपालीहरु मार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाई दिन उनीहरुले माग गरेका हुन् ।

त्यस्तै, सम्बन्धित देशमा रहेका गैर आवासीय नेपालीहरुको लागि भिसा लगायतका कन्सुलर सेवा पनि प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्ष शालिकराम डुम्रेले स्पेनमा नेपाली दूतावास हुँदा पनि फ्यामिली भिसाको समस्या रहेको सुनाए ।

दूतावासले राम्रोसँग समन्वय नगरेको उनको गुनासो छ । उनले भने, ‘हामीले परिवारका सदस्यहरुलाई घुम्नको लागि लग्न खोज्दा पनि समस्या भयो, भिसाको लागि समय खर्चिनु पर्ने भयो । बुवाआमालाई भिजिट भिसामा आफू बसेको देश लैजान सकिएको छैन् । युरोपमा बस्नेहरुलाई राम्रो व्यवहार भएन ।’ भिसा लगायतका कन्सुलर सेवा प्रभावकारी बनाउनको लागि नेपाल सरकार खासगरी परराष्ट्र मन्त्रालयले उचित कदम चालोस भन्ने उनको भनाई छ । उनले स्पेनमा गैरआवासी नेपालीहरुको दोस्रो पुस्ता स्किल्ड मेनप्यावरको रुपमा देखा परेको भन्दै उनीहरुलाई पनि नेपालको विकास र समृद्धिको लागि उपयोग गर्न सक्नुपर्ने सुनाए ।

त्यस्तै, उनले सबै नेपालीहरु रहरले नभएर बाध्यताले विदेशिएको भन्दै पारिवारिक मिलनको लागि आवश्यक प्रक्रिया अपनाउँदा पनि भिसा प्राप्त गर्न समस्या भएको गुनासो पोखे । यस्तै, गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले पनि भिसा लगायतका कन्सुलर सेवामा देखिएको समस्याको उठान गरेका थिए ।

उनले भने, ‘हामीलाई स्पेनमा धेरै समस्या रहेको छ, स्पेनवासीका लागि स्पेन कन्सुलर र नेपाल परराष्ट्र मन्त्रलय हाम्रो समस्याको समाधान गर्न खोज्नुहुन्न? किनहामीलाई कन्सुलरले भनेको समयमा समस्याको समाधान गर्दैन् ?’ कार्यक्रममा बाग्लुङ समाज स्पेनका अध्यक्ष राजु थापाको पनि उपस्थिति थियो । उनी एनआरएनए, स्पेनका सल्लाहकार पनि हुन् ।

प्रतिक्रिया