सोमबार, पुष ७, २०८२

संसदीय समितिकाे बैठक बस्दै, प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारे जवाफ दिने

नेपालखोज २०७९ असार ५ गते ९:१५

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिले बोलाएको हाे । 

समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवं असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति नगर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ । यसअघि शुक्रबारर समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका विषयमा उठेका प्रश्नको जवाफ मागेको थियो ।

जवाफमा परराष्ट्रमन्त्री खड्का र प्रधान सेनापति शर्माले एसपीपी नेपालको हितमा नरहेकाले यसमा कुनै सम्झौता नहुने बताएका थिए ।

प्रतिक्रिया