सोमबार, पुष ७, २०८२

आईजीपीकाे रिटमा आज सुनुवाइ

नेपालखोज २०७९ असार ५ गते ९:२५

काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दाकाे आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा परेकाे आईजीपी बढुवा विवाद मुद्दाकाे सुनुवाइ आज हुन लागेकाे हाे ।

एआईजी विश्वराज पोखरेलले आफूलाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएकाे भन्दै रिट दायर गरेका थिए । यसअघि ३० गते तीन डीआईजीकाे तर्फबाट भने बहस सकिएकाे छ । आज कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालकाे इजलासमा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया