सोमबार, पुष ७, २०८२

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ जारी

नेपालखोज २०७९ असार ५ गते १२:३८

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइको क्रम जारी छ । सर्वोच्चका कायममुकाम प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा बहस चलिरहेको छ ।

निवेदक विश्वराज पोखरेलको तर्फबाट पूर्णमान शाक्यले बहस गरिरहेका छन् । वैशाख १८ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।

वरिष्ठता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । एआईजी बढुवाविरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की , घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै लगाउमा राखेर सुनुवाइ भइरहेको जनाइएको छ ।

प्रतिक्रिया