आइतबार, वैशाख २८, २०८२

मदन भण्डारी स्पोर्ट्स एकेडेमी : राष्ट्रव्यापी खेलकुद प्रतियोगिताकाे तयारी

नेपालखोज २०७९ असार ५ गते १३:३४

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ । एकेडेमीले विभिन्न विधामा प्रतियोगिता आयोजना गर्ने आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

७१ औं मदन जयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीले जनाएको छ । एकेडेमीले संघीय राजधानीदेखि मधेश प्रदेशलाई समेटेर प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता यही असार ३ देखि २० गतेसम्म हुने आयोजकले जनाएको छ खु्ला कलेजस्तरीय भलिबल प्रतियोगिता भने असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुने जनाइएको छ ।

प्रतिक्रिया