पाँचदेखि ११ वर्षका बालबालिकाका लागि आइपुग्यो खोप
नेपालखोज
२०७९ असार ५ गते २०:५४

काठमाडाैं । नेपाललाई संयुक्त राज्य अमेरिकाले करिब २२ लाख खोप अनुदान सहयोग उपलब्ध गराएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया