सोमबार, पुष ७, २०८२

राष्ट्रियसभामा आठ प्रतिवेदन पेस

नेपालखोज २०७९ असार ५ गते २१:३२

काठमाडाैं । विधायन व्यवस्थापन समितिका आठ प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आइतबारकाे बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधयेक २०७६ र प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधयेक २०७६ सभासमक्ष पेस गरेका हुन् ।

त्यसैगरी उनले विद्युत् विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ सम्बन्धी विधायन व्यवस्थापन समितिका प्रतिवेदन पनि सभासमक्ष पेस गरे । रासस

प्रतिक्रिया