किर्ते कागजातका आधारमा सात करोडमा जग्गा बिक्री गरी ठगी गर्ने पक्राउ

काठमाडौं । किर्ते कागजातका आधारमा सात करोड रुपैंयाँ बराबरको जग्गा बिक्री गरी ठगी गर्नेहरु पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)का अनुसार काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा असार एक गते काठमाडौंको विभिन्न स्थान र चितवनबाट समेत गरी पाँच जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा दार्चुलाको साविक उकु गाविस–६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की रहेका छन् । त्यस्तै नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२,घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेको सिआईबीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु मध्येमा चन्दको भूमिका नक्कली तारानिधिको, गणेश बहादुुर खनाल मुख्य योजनाकार, खरिदकर्ता खोज्ने र आर्थिक कारोबार व्यवस्थापन गर्ने, कार्कीको भूमिका मुख्य योजनाकार, नक्कली कागजपत्रहरु बनाउने, मिलाउने र मालपोत समन्वय गर्ने, प्रेम प्रसाद खनालको भूमिका खरिदकर्ता खोज्ने, मध्यस्तकर्ता अर्थात बिचौलियाको र ममता भन्ने डान्सी माया श्रेष्ठको भूमिका भने खरिदकर्ता खोज्ने बिचौलियाको भूमिका रहेको सीआईबीले जानकारी दिएको छ ।
प्रतिक्रिया