सोमबार, पुष ७, २०८२

देशभर आंशिकदेखि सामान्य बदली, चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ असार ६ गते ६:१३

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ । साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको विभागले जनाएकाे छ । 

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया