सोमबार, पुष ७, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०७९ असार ६ गते ७:५१

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुने कार्यसूची रहेकाे छ ।

आजको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९–संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले संसदमा  ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि प्रस्तुत गर्ने छन्

त्यसैगरी आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया