सुनचाँदीकाे मूल्य सामान्य बढ्याे
नेपालखोज
२०७९ असार ६ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुन भाउ बढेकाे छ, भने चाँदीकाे स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला २ सयले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य २ सयले घटेको छ ।आज तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेकाे छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित








प्रतिक्रिया