आइतबार, पुष ६, २०८२

नबिलका कार्ड प्रयाेगकर्तालाई कतार एयरवेजमा यात्रा गर्दा १० प्रतिशत छुट

नेपालखोज २०७९ असार ६ गते १३:५९

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट यही असार १७ गते देखि लागु हुनेछ ।

एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एलइमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुने । यो साझेदरी अन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागु हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकल संस्था, स्काईट्रक्याक्सद्धारा फाईभ स्टार कोभिड १९ एयरलायन सेफ्टी रेटिङ हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हवाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि योसाझेदारी लाभदायक हुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरीले शाहले बताए ।

सन् १९८४ देखि ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नविल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया