आइतबार, पुष ६, २०८२

पौडेलले भने- मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन

नेपालखोज २०७९ असार ६ गते १७:३९

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन् ।आज जिल्ला प्रशासन कार्यालय भक्तपुरले आयोजना गरेको राष्ट्रिय योग दिवसको अवसरमा उनले यस्तो बताएका हुन ।

उनले भने, ‘मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुनसक्दैन । प्रकृतिको नाशासाधन गर्नसक्दैनौं त्यसैले योग महत्वपूर्ण हो ।’ प्रकृतिले उपहार स्वरुप मानव जिवन दिएको बताउँदै प्राप्तिका लागि तछाडमाछाड गरी हिँडिरहेको बताए । उनले प्रकृतिमा बाँच्नका निम्ति बनस्पती र प्रणालीलाई आफ्नै प्रकारका आवश्यक तत्वहरु उपलब्ध गराएको बताउँदै प्रकृतिसँग समाउन सक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘योग भन्ने बित्तिकै धर्मसँग जोडेर हेर्ने पश्चिमा संस्कृतिसँगको प्रचलन थियो । आज परिस्थति बदलिएको छ । योग भनेको मानव जीवनसँगै लगेर जाने हो । पूर्वीय दर्शनमा सत्यम्, शिवम् सुन्दरम् भनेर पढ्छौं । आजभोलिको भौतिक जीवनमा समृद्धिको कुरा छ । आत्मक संमृद्धि प्राप्ति नहुँदासम्म भौतिक जीवनमा सत्यम्, शिवम् र सुन्दरम् फल्न, फक्रन सक्दैन ।’

मन, बचन र कर्ममा आनुभूती प्रकृतिले दिएको उपहारलाई ठिक तरिकाले ग्रहण गर्नका निम्ति शरीरलाई स्वस्थ राख्नुपर्ने उनले बताए । उनले भने, ‘शरीरलाई स्वस्थ राखियो भने काम गर्ने तरिका र सोच्न सक्नेमा जीवनलाई ठिक तरिकाले प्रयोग गर्न सक्छौं ।’

प्रतिक्रिया