मेयर बालेन शाहले सार्वजनिक गरे स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण
नेपालखोज
२०७९ असार ६ गते २२:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका छन् । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताएका छन् ।
खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने भएपनि विभिन्न कारणहरुले ढिलाइ हुन पुगेको जानकारी दिएका छन् ।
मेयर बालेनले निर्वाचनमा मतदाता नामावाली खरिदका लागि १ हजार‚ सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च गरेकाे विवरणमा उल्लेख छ ।त्यस्तै प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको बताइएको छ ।

सम्बन्धित








प्रतिक्रिया