आइतबार, पुष ६, २०८२

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७९ असार ७ गते ११:११

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार पनि ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ ।आज तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया