आइतबार, पुष ६, २०८२

बैंक अफ काठमाण्डूको प्रदेश १ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम

नेपालखोज २०७९ असार ७ गते १३:४८

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्राहकलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयले घरदैलो कार्यक्रम गरेका छन् ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो । बैंकले आकर्षक विशेषतासहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुविधासहित २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ ।

साथै, बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर आठ दशमलव शून्य तीन प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवा समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो । बैंकको प्रदेश १ अन्तर्गतका विराटचोक, विराटनगर, बिर्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकडभिट्टालगायत शाखा कार्यालयहरूले आफ्नो नजिकको स्थानहरूमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाबारे जानकारी दिएका हुन् ।

बैंकले हाल १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया